१२ बैशाख २०८१, बुधबार

प्रेमीको हत्या गरेर उनको मासु कामदारलाई खुवाएपछि……

Hatya Bhoj masu

यूएईमा मोरक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको खुलासा भएको छ ।

उनले आफ्ना प्रेमीको हत्या तीन महिनाअघि नै हत्या गरेकी हुन् । उनको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो ।

ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छिन् । ३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरिएका युवकसँग ती महिलाको ७ वर्षदेखि सम्बन्ध रहेको यूएईको पत्रिका द नेसनलले जनाएको छ । युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् ।

उनको हत्या कसरी भयो भन्ने बारेमा केही पत्ता नलागे पनि उनको शरीरको भागलाई परम्परागत मासुको परिकार बनाएर पाकिस्तानी कामदारलाई दिएको भने खुल्न गएको छ ।

युवकका दाजु ओमानसँग जोडिएको सीमावर्ती सहर अल ऐनमा रहेको आफ्नो घरमा खोज्न गएपछि मात्रै घटनाका बारेमा पत्ता लागेको हो । ती युवतीको घरमा भेटिएको दाँतको डीएनए परीक्षण गरेपछि मात्रै युवकको हत्या भएको पुष्टि भएको हो । तस्बिर प्रतिकात्मक

बीबीसीको सहयोगमा

    सम्बन्धित समाचार...