१३ बैशाख २०८१, बिहीबार

भारतको चन्द्रमामा पाइला टेक्ने सपना अधुरै

isro india

चन्द्रयान -२ बाट चन्द्रमामा पुगेर अन्तरिक्ष मा पुग्ने होड्बाजी मा रहेको भारत को योजना प्रविधिक समस्याको कारण बिफल भएको छ । चन्द्र यान -२ को चन्द्र अवतरण हेर्न इसरो (ISRO) मुख्यालय पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निराश भएर फर्किनु परेको छ ।

chandrayan 3

विक्रम लैंडर को सफलतापुर्वक अवतरण हुनु अगाडी केहि प्रविधिक समस्याको कारण भारतीय वैज्ञानीकहरु केहि बेर तनाव मा रहेका थिए । विक्रम लैंडरले अवतरण पछी पठाउनु पर्ने तथ्यान्कको निकै नै व्यग्रताको साथ वैज्ञानीकहरुले कुरेका थिए ।

इसरो को अनुसार अवतरण हुनु २.५ कि मि सम्म विक्रम लैंडर सँग सम्पर्क रहेको थियो तर त्यसपछी भने सम्पर्क विच्छेद भएको थियो । सम्पर्क स्थापित हुन नसकेपछी प्रधानमन्त्री मोदी इसरो बाट वैज्ञानीकहरु लाई ढाडस दिदै त्यहाँ बाट निस्किएका थिए ।

chandrayan 2

वैज्ञानीक हरु विक्रम लैंडर सँग सम्पर्क स्थापित हुन व्यग्र प्रतिक्षारत छन । यदी विक्रम लैंडर सँग सम्पर्क भएमा भारत चन्द्रमामा पुग्ने चौथो राष्ट्र हुनेछ ।

भारत किन चन्द्रमामा पाइला राख्न चाहन्छ?

भारतियहरूका लागि अन्तरिक्ष कार्यक्रम भनेको उनीहरूको देशको उदाउँदो प्राविधिक क्षमताहरूको प्रदर्शन हो। चन्द्रयान २ लेन्डर र रोभरले चंद्रमाको दक्षिण ध्रुवको नजिक ठाउँ खोज्ने छ जुन एउटा पेचिलो क्षेत्र हो र कसैले पनि नजिकै बाट हेरेको छैन। ति ध्रुव को खाल्डोमा पानीको बरफ छायाँ परेका ध्रुवहरु नजिक गहिरो क्रेटर भित्र अवस्थित छ।

चन्द्रयान -२ एक क्रेटरमा होइन तर दुई क्रेटरहरूको बीचमा उच्च मैदानमा अवतरण गर्दै थियो ।