१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँको खुकुलो निषेधाज्ञामा के खुल्ने के नखुल्ने, कुन बार के खुल्ने ? थप निर्णय सहित

lockdown 14

सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार आजदेखि जोर विजोर प्राणाली लागू गर्दै १६ सिटभन्दा माथिका सार्वजनिक यात्रुबाहक सवारीसाधन चल्न दिने निर्णय गरेको छ । ट्याक्सीका हकमा भने चालकसहित ३ जना र परिवारभित्रका भए दुई जना बालक राख्न सकिने निर्णय गरेको हो ।

त्यस्तै, अत्यावश्यक वस्तुहरु जस्तै खाद्यान्न, दुध वा दुधजन्य पदार्थ, फलफूल, माछा मासु, तरकारी पसलहरु विहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने सवारीसाधन भने दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलाउन सकिनेछ । अनलाइन डेलिभरी गर्नेहरु दिउँसो १२ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ । सपिङ मल तथा अन्य पसलहरु सरकारले तोकेको मापदण्डअनुसार साताको तीन दिन सोमबार, बुधबार र शनिबार खोल्न पाउनेछन्। भान्सामा प्रयोग गरिने समानका पसलहरु भने आइतबार, मंगलबार र शुक्रबारमात्र खोल्न पाइनेछ।

फर्निचर र अटो मोबाइलसम्बन्धी पसलहरुको हकमा भने साताको दुई दिन सोमबार र बुधबारमात्र खोल्न दिइनेछ। उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था उद्योग परिसरमै गर्नुपर्ने र सुरक्षाको मापदण्ड अपनाउन्पर्नेछ ।

पसल खोल्न सरकारले तोक्यो दिन, कुन दिन कस्ता पसल खुल्छन्?

सरकारले विभिन्न व्यवसाय सञ्चालन गर्नका लागि उपत्यकामा समय तोकेको छ।

बार र समय अनुसार पसल खोल्न दिने गरी मापदण्ड तयार गरिएको हो।

  • काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक्स पसल लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न पाइने छ।
  • भाँडा भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइने छ।
  • फर्निचर र अटो मोवाइल सम्बन्धी पसलहरु सोमबार र बुधबार मात्रै खोल्न पाइने मापदण्ड तोकिएको छ।
  • यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक सिलहरु, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ।
  • सवारीसाधन मर्मतसम्बन्धी वर्कशप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ।
  • खाद्य वस्तु, डेरी र फलफूल तथा माछा मासु पसल बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ। निर्माण सामाग्रिसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने छ।
  • सहकारी संस्थाहरु समेत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने छ।

अत्यावश्यक सेवाका व्यवसाय तथा पसलहरु भने जुनसुकै समयमा खोल्न सकिने प्रशासनले जनाएको छ।

ktm dop 1
DPO Kathmandu 11
DPO Kathmandu 21