
नेपालमा आज (बुधवार) ११,१६७ पिसिआर टेस्ट भएकोमा थप १०८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,०२५ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ । हाल क्वारेन्टाइनमा ५४८० जना रहेका छन । पछिल्लो २४ घण्टामा ९१८ जना र आज सम्म ३३,८८२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना गरेर उपत्यकामा ४६४ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३९६ रहेको थियो ।
प्रदेश अनुसार आईसियुमा १६२ जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा २४, बाग्मती प्रदेशमा १०१, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिममा १ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा २१ जना र प्रदेश ५ मा १ जना गरी जम्मा २२ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । हालसम्म मृतक ३१२ जनामा काेराेना पुष्टि भएकाे छ।