३ जेष्ठ २०८१, बिहीबार

कंगनाको अफिसमा छापा, शिवसेनाले छापासहित दियो चेतावनी

Kangana Ranaut

शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ ।

बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईमा रहेको मणिकर्णिका फिल्मको कार्यालयमा सोमबार बृहत् मुम्बई नगर निगम (बीएमसी)ले छापा हानेको छ । तर, के कारणले छापा मारिएको भनेर बीएमसीले स्पष्ट पारेको छैन । अभिनेत्री कंगना रनौतको मुम्बईको पाली हिलस्थित कार्यालयमा बीएमसीको एक समूह सोमबार पुगेको छ ।

श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ ।

यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस टासेको छ । कंगनाले सामाजिक संजालमा यो कुराको जानकारी दिदै, आफ्ना लागि अब खतरा हुनसक्ने उल्लेख गरेकी छिन् ।

सोमबार मात्रै कंगनाको प्रोडक्शन कम्पनी रहेको अफिसमा वीएमसीले छापा मारेको थियो ।

अभिनेत्री कंगनाले आफूलाई मुम्बई प्रहरीदेखि विभिन्न नेताहरूसँग सुरक्षाको डर रहेको भन्दै सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी छन् । महाराष्ट्रका मुख्यमन्त्री अनिल देशमुखदेखि शिवसेनाका नेता सञ्जय राउतसँग उनको अहिले मिडियामार्फत कटाक्ष चलिरहेको छ । यसैक्रममा नेता राउतको निर्देशनमा आफ्नो कार्यालयमा बीएमसीले छापा हानेर दुःख दिएको अभिनेत्री कंगनाले बताएकी छन् ।

स्थान नाप्ने र अन्य बहानामा बीएमसीले आफ्नो कार्यालयलाई कब्जा गरेको आफ्ना सहयोगीलाई विभिन्न प्रकारका दुःख दिएको र कंगना चुप नरहे त्यसको परिणाम चाँडै भोग्नुपर्ने भन्दै धम्की दिएको यी अभिनेत्रीले उल्लेख गरेकी छन् ।

अभिनेत्री कंगनाले आफ्नो अफिसमा छापा मारेर अनावश्यक दुःख दिएको र अफिसका सामानमा क्षति पु¥याएको भन्दै ट्वीटरमार्फत त्यसको भत्सर्ना गरेकी छन् । आफू मुम्बईभन्दा बाहिर रहेको बेला आफ्नो फिल्मको अफिसमा व्यक्तिगत रिसइबीका कारण छापा हानिएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

‘मैले मुम्बईमा १५ सालको मिहिनेतको कमाइबाट अफिस स्थापना गरेर फिल्म मनिकर्णिका निर्माण गरेको हुँ । यो कार्यालय र फिल्म निर्माण मेरो जीवनको एक महत्वपूर्ण सपना भएकाले यो सपनालाई तोड्नो कोसिस अहिले भइरहेको छ,’ अभिनेत्री कंगनाले ट्वीटरमा लेखेकी छन् ।

आफ्नो कार्यालय र त्यहाँ रहेका विभिन्न सामानलाई अहिले बीएमसीले अचानक छापा मारेर क्षति पु¥याएको र भोलिका दिनमा यस्तो काम अन्यले पनि गर्ने यी अभिनेत्रीले बताएकी छन् ।

नायिका कंगना रनावत आफ्नो गाउँबाट बुधबार मुम्बई फर्किने तयारीमा छिन् । उनका लागि भारतको केन्द्रिय सरकारले ‘वाई’ श्रेणीको सुरक्षा प्रवन्ध गरेको छ । तर, उनलाई मुम्बई फर्किएपछि १४ दिन होम क्वारेन्टाइनमा रहनुपर्नेछ ।