८ बैशाख २०८१, शनिबार

निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी, सर्वोत्कृष्ट कर्मचारी सरकारले भेट्टाएन (सूचीसहित)

nijammatikarmacharaaia

सरकारले यस वर्षको १७औँ निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको हो ।

सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ । आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् ।

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको हो ।

आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले छनोट गर्न सकेन ।

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ । तर सर्वोत्कृष्ट पुरस्कारका लागि कोही पनि छनौट नहुँदा देशभर कार्यरत झण्डै एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी रहेनछन् त भन्ने प्रश्न उब्जिएको छ ।

उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा छन् ।

यसैगरी ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कारका लागि ३० जना कर्मचारी छनोट भएका छन् ।

निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा। वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे छन् ।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्ने सङ्घीय मन्त्रालयले जनाएको छ ।

यसैगरी खुला निबन्ध प्रतियोगितामा रवीन्द्रप्रसाद शाह, सनु काफ्ले र धु्रवराज प्रसाई क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कविता खुला प्रतियोगितामा नीरज दाहाल, रमा अधिकारी कादम्बरी र कल्पना काफ्ले क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

छनोट भएकाहरुलाई सरकारले औपचारिक कार्यक्रम गरेरै पुरस्कृत गर्दथयो । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । भूकम्प गएको वर्ष पनि औपचारिक कार्यक्रम गरिएको थिएन ।

हेर्नुहोस् १७ औं निजामती सेवा दिवस २०७७ मा पुरस्कृत हुने कर्मचारीहरुको नामावली