१३ बैशाख २०८१, बिहीबार

युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीले तोडे ९५ वर्ष पुरानो रेकर्ड

fati

युवा खेलाडी अन्सु फातीको कीर्तिमानी गोलमा स्पेनले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा सहज जित हात पारेको छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदनमा भएको खेलमा स्पेनलाई जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै अन्सु फाती र फेरान टोरेसले एक–एक गोल गरे । पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

खेलको तेस्रो मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाए । २९ औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे ।

३२ औँ मिनेटमा स्पेनका लागि अन्सु फातीले गोल गर्दै स्पेनलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८४ औ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४–० गोलको जित दिलाए । आजको खेलमा फातीको स्पेनका लागि यो डेब्यू गरे । उनले गरेको गोलले स्पेनिस फुटबलका लागि एक नयाँ कीर्तिमान बनेको छ ।

फाती हाल स्पेनिस राष्ट्रिय टोलीका लािग सबै भन्दा सानो उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । १७ वर्षिय फाती हाल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लागि पनि उत्कृष्ट खेलाडीको रुपमा परिचित छन् ।

युक्रेनविरुद्ध गोल गर्दा फाती १७ वर्ष ३ सय ११ दिन उमेरका थिए। जससँगै उनी स्पेनका लागि अन्तर्राष्ट्रिय गोल गर्ने कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए।

यसअघि यो रेकर्ड जुवान इराक्विनको नाममा थियो। उनले सन् १९२५ मा स्विट्जरल्यान्डविरुद्ध १८ वर्ष ३ सय ४४ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए।

बार्सिलोनाका फरवार्ड फातीले यसअघि युरोपियन च्याम्पियन्स लिगमा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए। उनले गत डिसेम्बरमा इन्टर मिलानविरुद्ध गोल गरेर उक्त रेकर्ड बनाएका थिए।

त्यसअघि उनले बार्सिलोनाका लागि ला लिगामा गोल गर्ने कान्छा खेलाडीको रेकर्ड बनाएका थिए।

गुयनामा जन्मिएका फाटी ६ वर्षको उमेरमा स्पेनमा आएका थिए।

जितसँगै समूह ए-४ मा स्पेन शीर्ष स्थानमा उक्लिएको छ। उसको २ खेलबाट ४ अंक छ। दोस्रो स्थानको युक्रेनको ३ अंक छ। जर्मनी २ अंकसहित तेस्रो र स्विट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा छ।

शनिबार भएको अर्को खेलमा जर्मनी र स्विट्जरल्यान्डले १-१ गोलको बराबरी खेलेका थिए।

    सम्बन्धित समाचार...