१६ चैत्र २०८०, शुक्रबार

आईसियु र भेन्टीलेटरमा उपचाररत बढ्दै, बाग्मती प्रदेशमा सबैभन्दा धेरै

icu covid representation
सांकेतिक तस्विर

नेपालमा आज (आइतवार) १०,३८२ पिसिआर टेस्ट भएकोमा थप ९८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,०२७ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ । हाल क्वारेन्टाइनमा ४७०३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,८१४ जना र आज सम्म २८,९४१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरेर उपत्यकामा ३५४ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १७४ जना उपचाररत छन जसमा प्रदेश १ मा ९, प्रदेश २ मा २८, बाग्मती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा २१ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा २७ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । हालसम्म मृतक २८९ जनामा काेराेना पुष्टि भएकाे छ।