१३ बैशाख २०८१, बिहीबार

१२,४७३ पिसिआर टेस्टमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि

corona 1

नेपालमा आज (शनिवार) १२,४७३ पिसिआर टेस्ट भएकोमा थप १०४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,८७० जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,५६६ जना र आज सम्म २७,१२७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना गरेर उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १६७ जना उपचाररत छन जसमा प्रदेश १ मा ३, प्रदेश २ मा २८, बाग्मती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा २० जना र प्रदेश ५ मा ३ जना गरी जम्मा २४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । हालसम्म मृतक २८० जनामा काेराेना पुष्टि भएकाे छ।