१३ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा १३५९ संक्रमित थपिए, १४ को निधन

corona 1

नेपालमा आज (शुक्रवार) १३,६३८ पिसिआर टेस्ट भएकोमा थप १,३५९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,४०४ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,५६१ जना रहेका छन । पछिल्लो २४ घण्टामा १३५४ जना र आज सम्म २५,५६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरेर उपत्यकामा ४५४ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १५१ जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा २८, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १९ जना र प्रदेश ५ मा ४ जना गरी जम्मा २६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १४ जनाको निधन भएको छ । हालसम्म मृतक २७१ जनामा काेराेना पुष्टि भएकाे छ।