७ बैशाख २०८१, शुक्रबार

थप १,२२८ जनामा संक्रमण, आईसियुमा १४१ जना उपचाररत

corona 1

नेपालमा आज (बिहिवार) १३,४१३ पिसिआर टेस्ट भएकोमा थप १,२२८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,४१३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ । हाल क्वारेन्टाइनमा ६७४९ जना रहेका छन । पछिल्लो २४ घण्टामा ९१७ जना र आज सम्म २४,२०७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरेर उपत्यकामा ४४५ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १४१ जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा २७, बाग्मती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा १९ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा १३ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा १७ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा ६ जनाको निधन भएको छ । हालसम्म मृतक २५७ जनामा काेराेना पुष्टि भएकाे छ।