८ बैशाख २०८१, शनिबार

नेपाल ह्यान्डबल सङ्घलाई साढे सात लाख सहयोग

nepal handball

नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु सात लाख ६५ हजार राहत सहयोग गरेको छ ।

नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली ह्यान्डबल महासङ्घले उक्त सहयोग प्रदान गरेको हो ।

सो रकमले ह्यान्डबलका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीको कोरोना बीमा गरिने नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । कोरोना बीमा गर्न सङ्घले सबैको सूची तयार गर्ने काम गरिरहेको उहाँको भनाइ छ । कोरोनाबाट बढी प्रभावितलाई बीमामा प्राथमिकता दिइने सङ्घले जनाएको छ ।

यसअघि सङ्घले झण्डै २०० खेलाडी लगायतको कोरोना बीमाको तयारी थालेको थियो ।

    सम्बन्धित समाचार...