४ बैशाख २०८१, मंगलवार

भदौ २४ सम्म निषेधाज्ञा लम्बियो, अनलाईन सेवा सुचारु

lockdown 11

काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार(आज) मध्यराति सकिँदै छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

यसअघिका निषेधाज्ञाहरुमा पनि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य गरिएको थियो ।

यसअघिको निषेधाज्ञामा प्रहरीले ई-कमर्श सेवा प्रदायकहले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै डेलिभरी गर्न हिडेका कर्मचारी रोकेका थिए । तर यसपटक भने होम डेलिभरिको लागी निश्चित मापदण्ड पुरा गरी सन्चालन गर्न सक्ने जनाईएको छ ।

त्यसैगरी पिसिआर नेगेटिभ व्यक्तिहरुले टेकअवे र अनलाईन डेलिभरी गर्न पाउने छन । सो क्रममा उनिहरुले आफुले भेटेका व्यक्तिहरुको अभिलेख भने राख्नुपर्नेछ ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिईनेछ। त्यस्तै अत्यावश्यक वस्तुका पसलहरु खोल्न मिल्ने समय २ घण्टा थप भएको छ । यसअ घिको बिहान ९ बजे बन्द गर्नुपर्ने प्रावधान हटाएर बिहान ११ बजे सम्म पसल सन्चालन गर्ने दिइने भएको छ ।

अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ ।

यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताए।

यसअघि निर्माण सामग्रीका सवारीसाधन राजधानी प्रवेश गर्न दिइएको थिएन।