७ बैशाख २०८१, शुक्रबार

जिल्लाको पहिचानमा जुट्यो दैलेख जेसिज

dailekh jci

दैलेख जिल्लाको पहिचानमा दैलेख जेसिज लागिपरेको छ । जिल्लामा हुने हरेक कार्यक्रम होस या कुनै नागरिकलाई आपत विपतमा समेत सहयोग गर्दै आएको दैलेख जेसिजले जिल्लाको पहिचानको लागि जिल्लामा रहेका ऐतिहासिक पुरातात्वीक सम्पदाको पहिचानमा जुटेको छ ।

सांस्कृतिक सम्पदाले भरीभराउ दैलेखको आफ्नै महत्व रहेको र यसको पहिचानको लागि दैलेख जेसिज लागि परेको पाइएको छ । जिल्लामा रहेकका हरेक सम्पदाको पहिचान गर्न सके मात्र दैलेखलाई समृद्धीको बाटोमा लम्काउन सकिने कुराको हेक्का राख्दै जिल्ला भित्र भएका हरेक सम्पदा पहिचान गर्नुपर्ने भएकाले दैलेख जेसिजले होडिङ बोर्ड राख्ने कार्यक्रम तय गरेको हो ।

होडिङबोर्ड जिल्लाका मुख्य ठाउँ गराँसे, डुङ्गश्वेर , बेलासपुरमा सोमबार बोर्ड राखिएको दैलेख जसिज २०२० का अध्यक्ष प्रकाश पौडेलले बताए ।

जिल्लाभित्र रहेका ऐतिहासिक सम्पदा झल्काउने चित्र सहितको होडिङबोर्ड राखिएको छ । जिल्लामा आउने आगन्तुक तथा पर्यटकहरुले जिल्लाभित्र रहेका हरेक सम्पदा हेर्न पाउन भन्नको लागि होडिङबोर्ड राखिएको हो । होडिङबोर्डमा कुन सम्पदा कहाँ पर्छ भन्ने जानकारी छिट्टो छरितो तरिकाले हेर्न पाउने भएकाले दैलेख जेसिजले यो कार्यक्रम सुरुवात गरेको जनाएको छ ।

जिल्लामा गएका बर्षहरुमा त्यति धेरै काम नभएपनि जेसिज २०२० ले भने कोरोनाको कहरमै पनि नागरिकलाई मौसमी रुघाखोकी, कोरोना लगाएतका अन्य धेरै रोग बाट बच्नको लागि सुसुचित पार्ने देखि होडिङबोर्ड राख्ने सम्मका धेरै काम गर्दै आएको जिल्ला भित्रका नागरिकले बताउँदछन ।

    सम्बन्धित समाचार...