१५ चैत्र २०८०, बिहीबार

दैनिक बढ्दै सक्रीय संक्रमित, उपत्यकामा झण्डै ५०० संक्रमित थपिए

corona insurance

नेपालमा आज (मंगलबार) १२,०८८ पिसिआर टेस्ट भएकोमा थप १,०६९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,११२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,३९० जना रहेका छन । पछिल्लो २४ घण्टामा ७६८ जना र आज सम्म २२,१७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरेर उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १२७ जना उपचाररत छन जसमा प्रदेश १ मा ४, प्रदेश २ मा २९, बाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १३ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १४ जना र प्रदेश ५ मा ३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक २३९ जनामा काेराेना पुष्टि भएकाे छ।