१३ बैशाख २०८१, बिहीबार

रौतहटका पुजारी हत्या आरोपमा दुई जना पक्राउ

pujari

गत भदौ ३ गते रौतहटमा भएको पुजारी हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका  रामनरेश पटेल र बालकुमार पटेल छन् ।

भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो ।

विहार प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट ल्याइएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।

यो प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नुरुल्लाह सहित अन्य केही मान्छे फरार रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बतायो । राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।