१३ बैशाख २०८१, बिहीबार

दैलेखका दुई स्थानीय तहमा किसान कल सेन्टर स्थापना

kishn call center dailekh

जिल्लाका दुई स्थानीय तहले कृषि क्षेत्रका समस्या सामाधान गर्नेको लागि किसान कल सेन्टर स्थापना संगै संचालनमा ल्याएका छन् ।

जिल्लाको भगवतीमाई गाउँपालिका र दुल्लु नगरपालिकाकले किसानहरुका समस्यालाई सामाधन गर्ने उद्देश्यले किसान कल सेन्टर स्थापना गरेका हुन । दैलेख जिल्लामै पहिलो पटक किसान कल सेन्टर स्थापना गरिएको भगवतीमाई कृषि शाखाले जानकारी दिएको छ ।

भगवतीमाई गाउँपालिकाले स्थापना गरे लगतै जिल्लाको दुल्लु नगरपालिकाले पनि किसानका समस्या सामाधन गर्न किसान कल सेन्टर स्थापना गरेको जनाएको छ । कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपुर्ती, कृषि संचालन क्षेत्र, पकेट संचालन क्षेत्रको लागि दर्ता प्रकृया देखि किसानका हरेक समस्या सामाधान गर्न किसानले पैसा नलाग्ने किसान कल सेन्टरमा फोन गर्ने सक्ने छन् ।

भगवतीमाई गाउँपालिकाको लागि किसानहरुले १६६०८९४२००३ कल गर्ने सक्ने छन भने दुल्लु नगरपालिकाका लागि १६६०८९४२००४ मा कल गर्ने ब्यवस्था मिलाएको दुल्लु नगरपालिका कृषि शाखाका किसान कल सेन्टर फोकल प्रशन राजन कुमार विष्टले बताए ।

अहिलेको समयमा, भने जस्तै गरेर प्राविधिकहरु सबै किसानको बारीमा पुगेर समस्याको समाधान गर्न असम्भव रहेको छ । किसान कल सेन्टरले नगरपालिका भित्रका सबै किसानहरुलाई आत्मनिर्भर बनाउन लागिरहेको छ । समय समयमा आइपर्ने विभिन्न समस्याको समाधान बारीबाटै एककल फोनको भरमा समाधान हुने र आइपरेको खण्डमा प्राविधिकहरु पुग्न सक्ने प्रावधानको लागी किसान कलसेन्टरको स्थापना गरिएको हो ।

कल सेन्टरमा अभिलेखिकरण भएका गुनासा तथा समस्यालाई नगरपालिकाले समाधान गर्ने, नभए कृषिविकास कार्यालय, प्रदेश तथा विज्ञसँग परामर्श गरिने दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीको भनाइ रहेको छ ।

दुल्लुमा स्थापना गरिएको किसान कलसेन्टरमा कृषि विकास शाखा र पशुपंछि विकास शाखाबाट सेवा प्रदान गरिनेछ । जस अन्तरगत कृषि विकास शाखाबाट हरेक आइतबार र शुक्रबार विहान १० बजेदेखी दिउसो ३ बजेसम्म किसानका फोन कल लिइने छ भने पशुपंछि विकास शाखाबाट सोमबार र बुधबार विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म किसानका फोन कल लिइने कृषिशाखाले जानकारी दिइएको छ ।

भगवतीमाई गाउँपालिकाका किसानहरुले भने पशुपंक्षी सम्बन्धी समस्या तथा सुझावको लागि हरेक आइतबार विहाना ११ बजे देखि २ बजे सम्म र कृषि सम्बन्धी समस्या तथा सुझावको लागि शुक्रबार ११ बजे देखि २ बजे सम्मा फोन गर्ने सक्ने छन् |

किसानहरुबाट आएका गुनासा र सुझावहरु सकेसम्म गाउँपालिकाले नै सामाधन गर्ने र गाउँपालिकामा सामाधान हुन नसके सम्बन्धित क्षेत्रका बिज्ञहरु संग परामर्श गरिने गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताएका छन् ।