८ बैशाख २०८१, शनिबार

अभिभावक नेतृत्वमा विद्यार्थीहरुले एसईईमा कम नम्बर दिएको भन्दै आफ्नै विद्यालयका शिक्षक कुटे

teacher beaten

सिन्धुलीमा विद्यार्थीहरुले आफ्नै विद्यालयका शिक्षक कुटपिट गरेका छन् । कुटपिट हुनेमा विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारी रहेका छन । उनीहरु दुवै सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका शिक्षक हुन ।

विद्यार्थीले एसईईमा नम्बर कम दिएकाले नतिजा नराम्रो आएको भन्दै प्रधानाध्यापक सुनुवार र अंग्रेजी शिक्षक भण्डारीलाई आइतबार कुटपिट गरेका हुन्।

शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै विद्यार्थीले एक्कासि कुटेको शिक्षक झलक दाहालले बताए । दाहालका अनुसार उक्त विद्यालयबाट एसईई दिएका १ छात्रा र ५ छात्र गरि ६ जनाको समुहले कार्यालयमै प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका हुन्।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ भने अंग्रेजी शिक्षक भण्डारीको जिउमा निलडाम छ । दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ ।

विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येकाले कुटपिट गरेको बताईएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।

विज्ञप्ती अनुसार अभिभावक मङ्गले घिसिङ्को नेतृत्वमा सो घटना भएको जनाइएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय खुर्कोटलाई जानकारी गराइएको छ ।

press release teacher beaten