८ बैशाख २०८१, शनिबार

एटीएम मेशिन चोर्न क्रेनसहित आए चोर (भिडियो सहित)

dozer

एटीएम मेशिनबाट रकम चोरी भएको घटना बारम्बार प्रकाशमा आउने गरेका छन् तर चोरले एटीएम मेशिन नै चोरी गरेको घटना भने अनौठो नै हो ।

उत्तरी आयरल्याण्डमा चोरको एक गिरोहले एटीएम मेशिन नै चोरेको छ । मास्क लगाएर आएका चारजनाको समूहले एटीएम मेशिन चोरेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार उनीहरुले एटीएम मेशिन चोर्नका लागि क्रेन नै लिएर आएका थिए । उक्त क्रेनसमेत उनीहरुले चोरी गरेर ल्याएको रहस्य खुलेको छ ।

नजिकै भवन निर्माणमा प्रयोग गरिँदै आएको क्रेन चोरेर उनीहरुले एटीएम मेशिन उखेल्न प्रयोग गरेका थिए । सिसिटिभी फुटेजमा देखिएअनुसार सुरुमा उनीहरुले एटीएम मेशिन रहेको सानो कोठाको छत क्रेनको सहायताले भत्काएका छन् । त्यसपछि उनीहरुले क्रेनकै मद्दतमा एटीएम मेशिन उखेलेर बाहिर निकालेको देखिन्छ ।

उनीहरुले छत खुला भएको एउटा कारमा एटीएम मेशिन राख्ने कोसिस गरे पनि मेशिनको साइज ठूलो भएका कारण कारभित्र पुरै नछिरे पनि सोही अवस्थामा उनीहरु कार लिएर फरार भएका छन् ।

सन् २०१९ मा उत्तरी आयरल्याण्डमा यस प्रकारका चोरीका आठ घटना प्रकाशमा आएका छन् । एटीएम चोरीका घटना बढेपछि प्रहरीले विशेष टिम बनाएर चोरी नियन्त्रणमा प्रयास गरे पनि सफल हुन सकेको छैन । एजेन्सी

    सम्बन्धित समाचार...