१२ बैशाख २०८१, बुधबार

हत्या आरोपमा दुईजना पक्राउ

arest

कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । यही भदौ ५ गते मदिरा सेवन गरी उनीहरुले लालबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले यही भदौ १० गते मदिरा सेवन गरि कुटपिट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए ।

घाइते भएका चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यही भदौ ११ गते धनगढी रेफर गरिएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ ।