१५ चैत्र २०८०, बिहीबार

कोरोना संक्रमित र निधन अहिले सम्मको उच्च, एकैदिन १४ को निधन

MC Dhambojhi
फाइल फोटो

नेपालमा आज (आइतबार) १२,७१७ पिसिआर टेस्ट भएकोमा थप १,२२१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,५१८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,७९७ जना रहेका छन । पछिल्लो २४ घण्टामा २६७ जना र आज सम्म २०,८२२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरेर उपत्यकामा ४२९ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १४४ जना उपचाररत छन जसमा प्रदेश १ मा १७, प्रदेश २ मा ३८, बाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १२ जना र प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा १४ जनाको निधन भएको छ । हालसम्म मृतक २२१ जनामा काेराेना पुष्टि भएकाे छ।