७ बैशाख २०८१, शुक्रबार

नाग्म बजारमा सुक्खा पहिरो : तीन घरसँगै १२ पुरिएको आशङ्का

pahiro
फाइल फोटो

कर्णाली राजमार्ग अन्तरर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीन घरसँगै १२ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो खसेको तिलागुफा–१ का १३ वर्षीय अर्जुन हमालले जानकारी दिनुभयो । उहाँका ललित नेपालीको घर सहित अन्य तीन घर पहिरोले पुरिएका छन् । नेपालीलगायत १२ जनासम्म पुरिएको हुन सक्ने उहाँको बताउनुभयो ।

घाइते हमाललाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको ज्ुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतको भनाइलाई आधार मान्ने हो भने घर पहिरोभित्र पुरिएका मानिस तीन÷चार घण्टाभित्रै छन् । जुम्लाबाट प्रहरीको टोली पठाइसकेका छौँ । जेसिवि लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।” क्षतिको एकिन विवरण आइनसकेकाले गर्दा अहिले भन्न नसकिने उहाँको भनाइ छ । पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ ।

कर्णाली राजमार्गकै किनारका घरमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले जनाएका छन् । भिरालो जमिनमा रहेको बस्तीका घरको सिरानमा जथाभावी पानी बगेपछि पहिरो गएको स्थानीयले बताएका छन् ।