२० बैशाख २०८२, शनिबार

संस्कृत जोगाउन फेसियल हाउसको तीज महत्सोव

69767025 359261048344608 1213534462499880960 n

हरिहर र शकुन्तलालाई ‘शिव पार्वती’ सम्मान

फेसियल हाउसले संस्कृत जोगाउन फेसियल हाउस तीज महत्सोव २०७६ आयोजना गरेको छ । विभिन्न ब्यवसायमा सम्लग्न महिलाहरु उपस्थीति रहेको कार्यक्रममा अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ’शिव पार्वती’को रुपमा सम्मान समेत गरेको छ ।

हिन्दु नारीहरुको महानपर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त सम्मान प्रदान गरिएको हो ।

69130239 595101187686556 6211010953308274688 n  69132077 666597040499123 8049640853058093056 n

नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर-शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संघ्या दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

कार्यक्रम्का बिच शभामुख कृष्ण बहादुर महराको धर्मपत्नी सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । महिला सशक्तिकरण्का लागी लोकतान्तृक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवाड प्रदान गरिएको हो ।

सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी हुन् ।

69589122 1331317530356857 3559089117289512960 n

उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ’तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् ।

कार्यक्रममा फेसियला हाउस कै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’का बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिशा ओझा प्रथम, रन्जु थापा द्वितिय र पुजा देवकोटा तृतिय भएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।