७ बैशाख २०८१, शुक्रबार

ताजा हावा खान, उडीरहेको विमानको आकस्मिक ढोका खोलिदिएपछि

aeroplane

एउटा रोचक तथा नौलो घटना सार्वजनिक भएको छ । चिनियाँ एक यात्रुले विमान यात्राका दौरान विमानभित्र गर्मी भएको भन्दै अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलिदिएका छन।उनले विमानभित्र गर्मी भएका कारण ताजा हावा खान विमानको ढोका खोलेको बताएको समाचारमा उल्लेख छ ।

‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।केही दिन अघि चीनको सिचुआन प्रान्तको मियानयाङ एअरपोर्टमा घेटेको यो अनौठो घटना हो । ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।

लकी एअरको विमान संख्या ८ एल ९७२० ले हनिया प्रान्तको सान्यादेखि उडान भरेको थियो भने २ घण्टा ४० मिनेटपछि मियांमा विमान अवतरण भएको थियो । घटनाबारे अनुसन्धानका गर्न चेनलाई १५ दिनका लागि हिरासतमा लिइएको थियो । चीनमा सस्तो हवाइ सेवा दिने ‘लकी एअर’ले आफ्नो एक बयानमा भनेको छ– यो जुन घटना भयो, त्यसका लागि यात्रु स्वयं जिम्मेबार छन्।

    सम्बन्धित समाचार...