७ बैशाख २०८१, शुक्रबार

विप्लव कार्यकर्ता निउरे पक्राउ

DSC 1003
फाइल फोटो

विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उहाँकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उहाँलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।

प्रहरीले उहाँलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उहाँ खाना खाएर घरमै बसेको बेला पक्राउ पर्नुभएको हो । पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेत उहाँले बताउनुभयो ।