१५ चैत्र २०८०, बिहीबार

मन्त्रिपरिषद बैठकका निर्णय: विदेश पढ्न जाने विद्यार्थीहरूलाई एनोसि, इ–बिजनेश सम्बन्धी विधेयक तर्जुमाका साथै अन्य २० निर्णय सार्वजनिक

Cabinet 3
फाइल फोटो

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका २२ निर्णय आज सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक गरेका छन ।

बैठकले सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीको बढुवा गरी पदस्थापन गरेको छ भने १२ महासेनानीको सरुवा पनि गरेको छ ।

त्यस्तै उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्ने कार्य पुनः सुचारू गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

साथै बैठकले इ–बिजनेश सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।