८ बैशाख २०८१, शनिबार

हिडदा हिडदै चट्याङले लागे पछि (भिडियो सहित)

68239400 10217234032874695 2120802018372091904 n

दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा पोष्ट गरेका छन् । भिडियोमा देखिए अनुसार म्याकनिल छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ पर्छ । चट्याङ पर्ने बित्तिकै उनले बोकिरहेको छाता हातबाट झर्छ ।

उक्त भिडियो र फोटोले धेरैलाई स्तब्ध बनायो । कतिले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । कतिले उनी सौभाग्यले बाँचेको भन्दै चिट्ठा खेल्न पनि सुझाए । फोटो भिडियो : रोमुलस म्याकनिल फेसबुकबाट