१२ बैशाख २०८१, बुधबार

चीन, रुस र बेलायतले बनाएको कोरोना भ्याक्सिनको नेपालमा परीक्षण हुने, स्वास्थ्य मन्त्रालयले दियो स्विकृति

helth ministry office nepal

नेपालमा चीन, रूस र बेलायतले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि निजी कम्पनी इच्छुक देखिएपछि स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको छ । 

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने जानकारी दिए।

उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी दिए।

‘भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने।

कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रुस र बेलायतमा बनेका भ्याक्सिन नेपालमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको परिषदले जानकारी दिएको छ । 

vaccin