
मोडलिङ क्षेत्रका चर्चित युवा २९ बर्षिय योगराज पाण्डे ओस्कार इन्टरनेसनल कलेजबाट याक्टिङ स्नातक हुन् । हाल सम्म उनले पचास भन्दा बढी स्टेज ड्रामा, दर्जन भन्दा बढी फेशन शो र २ दर्जन म्युजिक भिडियोमा काम गरिसकेका छन ।
प्रमोद खरेल, अन्जु पन्त, दिपक लिम्बु, राजेश पायल राई लगायतका चर्चित गायकहरूका गितमा राम्रो अभिनय गिरसकेका पाण्डेले बिभिन्न बिज्ञापन मा पनि काम गरेका छन । भर्खर मात्रै उनले नेपाली चलचित्र लप्पन छप्पन-२ मा अभिनय गरेका छन । उनको यस क्षेत्रलाई नै कर्म थलो बनाउने इच्छा छ ।