८ बैशाख २०८१, शनिबार

सुन किन्ने ? सुनको भाउमा नयाँ रेकर्ड : मात्र ७१ हजार प्रती तोला

gold price nepal

तिन दिन अगाडि सम्म ७० हजारमा कारोबार भएको सुन मंगलबार तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ। सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा ग्राहकको भिड घटेको छ।

सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भैरहेको छ। सोमबारभन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजारपनि प्रभावित भएको हो।