१३ बैशाख २०८१, बिहीबार

तीजलाई मध्यनजर गर्दै दैलेखमा निषेधाज्ञा

dao dailekh

नेपाली हिन्दु नारीहरुको उत्सवको रुपमा रहेका हरीतालीका तिजलाई मध्यनजर गर्दै दैलेखमा निषेधाज्ञा जारी भएको छ ।

चीनबाट फैलीएको कोरोनाले अहिले विश्वनै आतङ्कीत भएको परिपेक्षमा हरितालीका तिजको अघिल्लो दिन देखि दर खाने कार्यक्रम हुने र तीजको दिनमा दिदिबहिनीहरु जम्मा भएर रमाइलो गर्ने भएकाले यो बर्ष कोरोना भाइरसको कारण तिज विषेश कुनै कार्यक्रम हुन नदिन तथा संक्रमण बाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ ।

दैलेख जिल्लाभर ८२ घण्टासम्म लागु हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाइ छ । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।

नेपालीको मुख्य चार्डपर्व खासगरी तीज पर्व नजिकिँदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । निषेधाज्ञा अवधीभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रशासनका अनुसार दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या ९ सय ८३ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ३८ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

suchana