६ बैशाख २०८१, बिहीबार

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, १३१ जना संक्रमित आईसियुमा

corona 1

नेपालमा आज (बुधवार) थप ६८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ११,११८ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । हाल क्वारेन्टाइनमा १३,५७१ जना रहेका छन । पछिल्लो २४ घण्टामा १२० जना र आज सम्म १७,७०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरेर उपत्यकामा १५९ जना संक्रमित थपिएका छन |

हालसम्म १३१ जना संक्रमित आईसियुमा र ८ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । प्रदेश अनुसार आईसियुमा १३१ जना उपचाररत छन जसमा प्रदेश १ मा १०, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १२ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा ६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

त्यस्तै हालसम्म मृतक १२० जनामा काेराेना पुष्टि भएकाे छ।