७ बैशाख २०८१, शुक्रबार

स्वर्णिम सुदिप राईकाे लेखनमा “साप्शुकाे छल्काे” गीत सार्वजनिक

saapsu chalko

रचनाकार स्वर्णिम सुदिप राईकाे रचना तथा जनम थुलुङ्गकाे संगीतमा तयार भएकाे “साप्शुकाे छल्काे” बाेलकाे गीतसंगै भिडियाे सार्वजनिक भएकाे छ ।

गीतमा प्रदिप राई र १० बर्षिय बालगायिका वर्षा राईले स्वर दिएका छन । गीतकाे एरेन्ज राजु कार्कीले गरेका हुन ।

गीतकाे भिडियाे पुर्बी जिल्ला खोटांगको बिभिन्न ठाउँहरुमा छायांकन गरिएकाे हाे । गीतमा गायकद्वय प्रदिप र बर्षाकै अभिनय रहेकाे छ ।

त्यसैगरी भिडियाेकाे छायांकनमा प्रबेश राई, डिजाइनमा सुवास शाह र भिडियाेकाे परिकल्पना राजु कार्किकाे रहेकाे छ । गीतकाे शब्द, संगीत र स्वर निकै उत्कृष्ट रहेकाे कारण यस गीतले दर्शक श्राेताकाे मन जित्ने विश्वास टिमकाे रहेकाे छ ।