१६ चैत्र २०८०, शुक्रबार

जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए

tiger shark

अष्ट्रेलियामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेपछि चर्चामा आएका छन् ।

स्थानीय रिपोर्टका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि हमला गरेको थियो । त्यतिबेला उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिए र श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहे ।

घटना त्यतिबेला भयो जब ३५ वर्षकी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ गरिरहेको बेला शार्कले उनीमाथि हमला गरेको थियो ।

शानटेललाई शार्कको मुखबाट बचाएपछि श्रीमानले उनलाई किनारासम्म पुर्याए ।

त्यसपछि उनकी श्रीमतीलाई एयर एम्बुलेन्समार्फत् अस्पताल पुर्याइयो । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

पोर्ट मेकवोरी न्यूजसँगको कुराकानीमा विशेषज्ञले डायलस्थित एक शार्कको बच्चाले हमला गरेको हुनसक्ने अनुमान गरेका छन् । उक्त शार्कको बच्चाको लम्बाई ३ मिटर (१० फिट) हुनसक्ने पनि विशेषज्ञले अनुमान गरेका छन् ।

सर्फ लाइफ सेभिङ एनएसडब्ल्यूका प्रमुख स्टिवन पियर्टले शानटेलका श्रीमान् मार्क र्याम्पलेको तारिफ गरेका छन् ।

स्टिवन पियर्सले सिड्नी मर्निङ हेराल्डसँग भने, ‘यी प्रेमी आफ्नो बोर्डमार्फत् शार्कमाथि बर्सिए र आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट छुटाएर उनलाई किनारासम्म पुर्याए ।’ स्टिवन पियर्सले मार्कले एक हिरोको रुपमा सबैकुरा गरेको बताए ।

एम्बुलेन्स एनएसडब्ल्यस्का इन्सपेक्टर एन्ड्रयू बेवर्लीले डाक्टर पुग्नुअघि नै समुद्रको किनारामा भएका मानिसहरुले शानटेललाई प्राथमिक उपचार गरिसकेका थिए ।

उनले भने, ‘त्यहाँ भएका मानिसहरुले जस्तो मद्दत गरेका छन्, त्यो तारिफयोग्य छ । उनीहरुले उत्कृष्ट काम गरेका छन् ।’

उनका अनुसार पछिल्लो केही महिनामा उक्त तट नजिकै भएको शार्कको यो तेस्रो हमला हो ।

शानटेललाई न्यूक्यासल अस्पताल पुर्याइएको थियो जहाँ उनको शल्यक्रिया गरियो । अब उनको हालत स्थिर छ ।