७ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थमा मुल्यवृद्धी, १५-१५ दिनमा भाउ बढाउदै निगम

Nepal Oil Corporation

गत साउन १८ गते मात्रै पेट्रोलियम पदार्थमा मुल्यवृद्धी गरेको नेपाल आयल निगमले आज राती बाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ हो भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ हुने छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नभएको निगमले जनाएको छ।

भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।