१४ बैशाख २०८१, शुक्रबार

माइक्रोवेभ एब्लेशनबाट नेपालमै पहिलोपटक मृगौलाको ट्युमरको उपचार

om hospital 4

नेपालमा पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रकृया प्रयोग गरिएको छ ।

काठमाडौंको चाबहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टरका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया बिभागका डाक्टरहरुसँगको सहकार्यमा पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गर्नुभएको हो ।

om hospital 3

उहाँको दाँहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा ॐ अस्पतालका युरोलोजि बिभागका प्रमुख प्रा. डा. भोलाराज जोशीको टिम संलग्न रहेको थियो ।

प्रा. डा. भोलाराज जोशीले यस किसिमको प्रकृया बिस्तारै बढ्ने ट्युमरहरुकालागि र निकै साना साइजका ट्युमरहरुको उपचारकालागि अत्यन्त प्रभावकारी रहेको बताउनु हुँदै यस किसिमका समस्याको निदान र उपचारकालागि ॐ अस्पतालमा आउन आग्रह गर्नुभयो ।

माइक्रोवेभ एब्लेशन के हो  ?

om hospital 2

एब्लेशन भनेको शरिरको भित्रि अङ्गहरुको ट्युमरका तन्तुहरुलाई तातोले डामेर बा चिस्याएर मार्ने प्रकृया हो । यो प्रकृया उमेरका कारणले, मुटुको समस्याका कारणले लगायतका बिबिध कारणले अप्रेशन गर्न नमिल्ने अबस्थाका बिरामीहरुको उपचारको बिकल्पको रुपमा गर्ने गरिन्छ ।
एब्लेशन ट्युमरको साइज निश्चित सीमाभित्र रहेको अवस्थामा मात्र गर्न सकिने डा. थापाको भनाई छ । बिभिन्न कारणले सर्जरी गर्न नमिल्ने अबस्थाका बिरामीहरुको उपचारकालागि बिकल्पका रुपमा प्रयोग गरिने यस प्रकृयामा अल्ट्रासाउण्ड र सिटि स्क्यानका लाईभ तस्वीरहरु हेर्दै, प्रोब (बिशेष किसिमको सुई) को माध्यमबाट एब्लेशन मेसिनको बिशेष यन्त्रलाई ट्युमरसम्म पुर्याएर ट्युमरका तन्तुहरुलाई डामेर बा चिस्याएर मार्ने गरिन्छ ।

om hospital 1

एब्लेशन बिशेष गरी कलेजो तथा फोक्सोको उपचारमा प्रयोग गरिने गरिदै आएकोमा पछिल्लो समयमा मृगौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको उपचारकालागि समेत प्रयोग गरिन थालिएङ्को छ । यो नयाँ अध्ययनहरुपछि आएको सफल बिषय हो ।

कलेजो तथा फोक्सोको ट्युमरको उपचारकालागि यस किसिमका एब्लेशन पहिले गरिसकिएको भएपनि मृगौलामा रहेको ट्युमरको उपचारकालागि भने नेपालमा पहिलोपटक ॐ अस्पतालमा यो प्रकृया प्रयोग गरिएको डा. अजित थापाको दाबी छ ।

(ॐ अस्पतालमा कार्यरत डा. थापाले भारको नयाँ दिल्लीस्थित मेदान्त अस्पतलबाट इन्टरभेन्सनल रेडियोलोजिमा फेलोसिप गर्नुभएको छ ।)