७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द

tia nepal

२७ असार | शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा नेपालगन्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ कल साइन रहेको एटीआर बिमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ।

धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।

जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका दुई यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो। प्रवक्ताका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए।

पानी परिरहेकाले विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।