१३ बैशाख २०८१, बिहीबार

इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

getty israel uae

इजरायल र युनाइटेड अरब इमिरेट्सबीच सम्बन्धमा सुधार गर्ने ऐतिहासिक सम्झौता भएको छ।

इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच सम्बन्ध सामान्य बनाउने विषयमा ऐतिहासिक सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

यस सम्बन्धमा राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र आबुधाबीका युवराज मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा ‘यस ऐतिहासिक सफलताबाट खाडी क्षेत्रमा शान्ति बढ्ने’ अपेक्षा गरिएको छ।

नियन्त्रणमा रहेका वेष्ट बैंकका केहि भाग गाभ्ने विवादास्पद् योजना स्थगित गर्न इजरायल सहमत भएपछि यो सम्झौता भएको हो।

यो सहमति गर्नका लागि मध्यस्तता गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ती मुलुकहरुले यो सहमतिलाई ऐतिहासिक तथा शान्ति स्थापनाका लागि ठूलो सफलता भएको बताएका छन्।

अहिलेसम्म खाडी मुलुकहरुसँग कुटनीतिक सम्बन्ध नभएको इजरायल र यूएईसँग यो पहिलो सम्झौता हो।

हालसम्म इजरायलको खाडी क्षेत्रका मुलुकसँग कूटनीतिक सम्बन्ध थिएन। यद्यपि यस क्षेत्रमा इरानको विषयमा इजरायल र अरब राष्ट्रहरुबीच चिन्ता रहिरहँदा दुवै पक्षबीच अनौपचारिक सम्पर्क हुँदै आएको थियो।

इरानसँग दुवै देशको समान चिन्ताले यी दुई देशलाई नजिक ल्याएको हो। इजरायलको अरब क्षेत्रका दुई मुलुक जोर्डन र इजिप्टसँग भने कूटनीतिक सम्बन्ध छ।

यो सहमतिबाट प्यालेस्टिनी नेताहरु भने अचम्ममा परेको बताइएको छ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई राष्ट्रघात जत्तिकै अपराधको संज्ञा दिएका छन् भने यूएईका लागि प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको छ।

ट्रम्पले ट्वीट गरेर अमेरिकाको दुई ठूला मित्र इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता भएको भन्दै यसलाई ‘ठूलो सफलता’ भनेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेत्यन्याहु र अबु दाबीका राजकुमार मोहम्मद अल नह्यानबीच भएको यो सम्झौतालाई एउटा साँच्चिकैको ऐतिहासिक क्षण बताएका छन्।

ट्रम्पको घोषणालाई कोट ट्वीट गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहूले हिब्रू भाषामा लेखेका छन्, ‘ऐतिहासिक दिन।’

अमेरिकास्थित यूएईका राजदूत यूसुफ अल ओतैबाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो सम्झौता अरब-इजरायल सम्बन्धमा एक महत्वपूर्ण कदम हो, जसले तनाव कम गर्नेछ र सकारात्मक परिवर्तनका लागि नयाँ ऊर्जा दिनेछ।”

यसलाई सन् १९४८ मा भएको इजरायलको स्वतन्त्रतापछि भएको तेस्रो इजरायल–अरब शान्ति सम्झौताको रुपमा लिइएको छ।

‘आइसब्रेक भएको छ। अरु मुस्लिम मुलुकहरुले पनि अब यूएईकै बाटो पछ्याउने छन् भन्ने मेरो अपेक्षा छ,’ ट्रम्पले भनेका छन्।

आगामी साता इजरायल र यूएईका प्रतिनिधिमण्डलले भेटवार्ता गर्नेछन् र लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य, संस्कृति, पर्यावरण र एक-अर्को देशमा दूतावास स्थापनाको विषयमा द्विपक्षीय समझौतामा हस्ताक्षर हुने बताइएको छ।

सन् १९४८ मा इजरायलको स्वतन्त्रताको घोषणापछि अरब क्षेत्रमा भएको यो तेस्रो सम्झौता हो। यसअघि सन् १९७९ मा इजिप्ट र १९९४ मा जोर्डनले सम्झौतामा हस्ताक्षर गरेका थिए।

सम्झौतामा के छ?

आगामी साताहरूमा इजरेल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्न भेट्नेछन्।

उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्नेछन्।

“मध्यपूर्वका सबैभन्दा गतिशील समाज र विकसित अर्थतन्त्र भएका दुई देशबीचको प्रत्यक्ष सम्बन्धको सुरुवातले अर्थतन्त्रलाई प्रोत्साहन, प्राविधिक अन्वेषणलाई बढावा र जनस्तरको निकट सम्बन्ध हुनेछ र त्यसले यो क्षेत्रलाई रूपान्तरित गर्नेछ,” संयुक्त वक्तव्यमा भनिएको छ।

प्यालेस्टिनीहरूले यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने चेतावनी दिएका छन्।

यूएईका विदेश राज्यमन्त्रीले चाहिँ प्यालेस्टाइनको आलोचनालाई सधैँको जस्तै हल्लाखल्ला भनेका छन्।

संयुक्त वक्तव्यमा इजरेलले अन्य अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने पनि उल्लेख छ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यसलाई शान्तिपूर्ण मध्यपूर्वको बाटोमा एउटा स्वागतयोग्य कदम भनेका छन्।

इजिप्ट र जोर्डनले पनि उक्त क्षेत्रमा शान्ति स्थापनार्थ यो कदमले सहयोग गर्ने जनाएका छन्।

इरानको रिभोलुसनरी गार्डस्‌सँग सम्बन्ध भएको तस्निम समाचार एजेन्सीले चाहिँ उक्त कदमलाई “लज्जास्पद” भनेको छ।

गाजाको लडाकु समूह हमासले पनि आफ्ना मानिसहरूलाई पिठयूँमा छुरा घोपेको भन्ने प्रतिक्रिया दिएको छ।