१३ बैशाख २०८१, बिहीबार

कालिकोटको महाबैमा वडा सदस्यको घर पहिरोले पुरिँदा ६ जनाको निधन

Pahiro rdgmhKDpaa

कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति साढे १२ बजेतिर आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो।

पहिरोमा घर पुरिँदा महाबै गाउपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १९ वर्षीया शान्ति बिस्ट, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन बिस्ट र १० वर्षीया रेखा बिस्ट छन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए ।