७ बैशाख २०८१, शुक्रबार

भारतबाट सार्पसुटर नेपाल आउँदै भनेर अफवाह फैलाउने सुनिल शर्मा पक्राउ

anil sharma

आफूलाई पत्रकार दावी गर्ने विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय आजीवन सदस्य सुनिल शर्मा पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले उनलाई बूढानीलकण्ठबाट बिहीबार पक्राउ गरेको हो।

बिराटनग घर भएका ५४ बर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनले दैनिक भारत र उफ्ता भारत नामक सञ्चारमाध्यमको नेपाल व्युरो प्रमुख समेत रहेको बताएका छन्। फेसबुकमा प्रधानमन्त्रीविरुद्ध अफबाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

शर्माले नेपाल–भारत सीमा विवादपछि ‘नेपालका प्रधानमन्त्रीलाई जवाफी कारवाही गर्न भारतबाट सार्पसुटर नेपाल आउँदै’ भनेर सामाजिक संजाल (फेसवुक)मा लेखेका थिए । यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

उनले फेसबुकमा, ‘प्रधानमन्त्री केपी ओलीको हत्या गर्न भारतीय सार्फसुटर नेपाल प्रवेश गरेका छन्, सुरक्षा निकायको ध्यान जाओस्’ भन्दै पोष्ट गरेका थिए।

विराटनगर घर भएका शर्मा काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए। यसअघि समेत उनले यस्ता अफवाह फैलाएको आरोप छ।

विश्वहिन्दु महासंघको नेपाल व्यूरो चिफ समेत दावी गर्ने शर्मालाई अफवाह फैलाएको कसुरमा हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको एसएसपी ज्ञवालीले बताए । 

    सम्बन्धित समाचार...