८ बैशाख २०८१, शनिबार

कञ्चनपुरमा प्रेसरकुकर बम फेला पर्‍यो

bbbbbb 1

 कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बुधबार राति प्रेसरकुकर बम भेटिएको छ । भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

बम भएको स्थानबाट थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।

पर्चामा नगर विकास समितिमा भ्रष्टाचार भएको, भूमाफियाहरुले सरकारी जमिन हिनामिना गरेकाले सचेत हुन भनिएको छ।’ डीएसपी थापाले भने, ‘उक्त विषयमा अनुसन्धान भइरहेको छ ।’

नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको थियो।

    सम्बन्धित समाचार...