१५ चैत्र २०८०, बिहीबार

कञ्‍चनपुरको कृष्णपुरमा क्वारेन्टाइनमा बसेकी महिलाको करेन्ट लागेर निधन भएको विषयमा भएको प्रदर्शनमा अश्रु ग्यास प्रहार (भिडियो सहित)

2020 08 12 Gulariya nagarpalika1

कञ्‍चनपुरको कृष्णपुर नगरपालिकामा सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ ।

कञ्चनपुरमा क्वारेन्टाइननमा बसेकी महिलाको करेन्ट लागेर विषयलाई लिएर प्रहरी र पीडित पक्षबीच झडप भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ महाकाली माध्यमिक विद्यालयमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागरे मृत्यु भएपछि आज प्रहरी र पीडित पक्षबीच झडप भएको हो ।

कृष्णपुर नगरपालिका-६ स्थित महाकाली नमुना माध्यमिक विद्यालयमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर २३ वर्षीया राधा वडको मृत्यु भएछि पीडित पक्षले विभिन्‍न माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

ठुलो संख्यामा आएको पीडित पक्ष र प्रहरीबीचको झडप साम्य गराउन प्रहरीले हवाइ फाइरिङ्ग र अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ती महिलालाई नुहाउने क्रममा करेन्ट लागेको थियो।

पीडित पक्षले नगरपालिले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा र क्‍वारेन्टिन व्यवस्थापनमा कमजोरी गर्दा मृत्यु भएको भन्दै नगरपालिकामा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नगरपालिकाकै संलग्‍नतामा घुसपैठ भई ढुंगा मुडा प्रहार भएको पीडित पक्षको आरोप छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममै ढुंगामुढा प्रहार भएपछि स्थितिमा नियन्त्रणमा लिन लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । उनले भने, पछि नगरपालिकाका प्रतिनिधि र पीडित पक्षलाई राखेर पीडित पक्षका मागहरु नगरपालिकाको कार्यपालिका बैठक बसेर बिहीबार सम्बोधन गर्ने सहमति भएको छ ।

करेण्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । ती महिला मंगलबार मात्रै भारतको बैंङलोरबाट श्रीमानसँगै कञ्चनपुर फर्केर क्वारेन्टाइननमा बसेकी थिइन्।

पीडित पक्षले क्‍वारेन्टिन व्यवस्थापनमा कमजोरी गर्नेमाथि छानबिन गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, मृतक राधा वडका सन्तानको शिक्षादिक्षा नगरपालिकाले गराउनुपर्ने, घरको एकजनालाई रोजगारी दिनुपर्ने र नगरपालिकाले कमजोरी स्वीकार गरेर सार्वजनिक माफी माग्‍नुपर्नेलगायतका माग राखेका छन् ।