६ बैशाख २०८१, बिहीबार

५६ जनाको पीसीआर परिक्षण रिपोर्ट ‘नेगेटिभ’

lab test
सांकेतिक तस्विर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाले पठाएको ५६ जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकाले जोखिम क्षेत्रबाट आएका ३४ जना शिक्षक, क्वारेन्टिन सुरक्षामा खटेका २ जना प्रहरी र विभिन्न बाहिरी मुलुकबाट आई दिक्तेलस्थित सरस्वती मावि क्वारेन्टिनमा बसेका २० जनाकोे स्वाव संकलन गरेर गत आईतबार परिक्षणमा पठाएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परिक्षण गर्दा मंगलबार राती १० बजे सबैको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए । सरस्वती मावि क्वारेन्टिनमा बसेका २० जनाको रिपोर्ट नेगेटिभ आएकाले आजै उहाँहरुलाई घर पठाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।

यस नगरपालिकामा ६ जना कोरोना संक्रमित भेटिएको थियो । उनीहरु फरक–फरक समयमा कोरोना जितेर घर फर्किसकेका छन् । हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना कोरोना संक्रमित पनि उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय कोरोना संक्रमति पुरुषको भने उपचार भइरहेको छ । उनलाई गत सोमबार कोरोना पुष्टि भएको थियो ।