८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर कृष्ण गिरीको निधन

पूर्वमेयर कृष्ण गिरी

कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको निधन भएको छ।

जनकपुरको रामा होटेलका संचालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ। उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए । 

जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै आएका गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

२० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।

काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटेल संचालन/व्यवस्थापनमा बढी सक्रिय थिए। उनी जनकपुरमा प्रतिष्ठित होटेल व्यवसायीको रुपमा समेत परिचित थिए।

जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु चिकित्सक छन् ।