१२ बैशाख २०८१, बुधबार

अभिनेता सन्जय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर

Sanjay Dutt

अभिनेता सन्जय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर भएको लीलावती अस्पताल श्रोतलाई उधृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । सन्जय दत्तलाई शनिबार श्वास प्रश्वासमा समस्या भएपछी अस्पताल भर्ना गरिएको थियो ।

कोभिड्को आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिव आएको थियो भने उपचारको क्रममा उनको फोक्सोमा पानी जमेको थाहा भएको थियो । रोग पत्ता लगाउने क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पता लागेको थियो ।

हिन्दूस्तान टाइम्सका अनुसार उपचारमा संलग्न चिकित्सक डा.जलील पार्करले बिरामिको गोपनियता देखाउदै थप जानकारी दिन मानेनन ।

मंगलबार सन्जय दत्तले उपचारको लागी छोटो ब्रेक लिएको र आफु चाडै फर्किने बताएका छन । उनले अगाडी भनेका छन “मेरो परिवार र साथीहरू मसँग छन्, म मेरा शुभचिंतकहरूलाई चिन्ता नगर्न र अनावश्यक रूपमा अनुमान नलगाउन आग्रह गर्दछु । तपाईंहरुको प्रेम र शुभकामनाको साथ, म छिट्टै फर्किनेछु! ”