११ बैशाख २०८१, मंगलवार

गोंगबु प्रकरण: भान्छामा घाँटी, शौचालयमा घुँडामाथिको भाग गरेर शरीर टुक्र्‍याइयो

kalpana shahi

काठमाडौं प्रहरीले गोंगबु हत्या प्रकरणको गुत्थी तीन दिनमै सुल्झाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा गोंगबु हत्याकाण्ड को बारेमा जानकारी दिए ।

वास्तविक नाम कल्पना मुडवरी भएकी महिला आफूलाई कल्पना शाही बताउँदथिन भने कृष्णबहादुरसँग सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् । प्रहरीको विवरणअनुसार मृतक र अभियुक्त कल्पनाबीच करिव ३-४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको खुलेको छ ।

हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए अनुसार कल्पनाले ‘मलाई दुःख दिन आएपछि हत्या गरेको’ भनेकी छिन । कल्पनाले, कृष्णबहादुर बोहोराले कल्पनाको नक्कली फेसबुक आईडी मार्फत अन्तरंग तस्वीरहरु सार्वजनिक गर्न थालेको र आफूअनुकूल चल्न दबाव दिएपछि हत्या गरेको बताएकी छन् |

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । यद्दपी उनको दावी पुष्टी हुन भने बाँकिनै छ ।

शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई कसैको सहयोग बिना ‘आफैले मारेको’ बताएकी भएपनी अनुसन्धानको क्रममा शव व्यवस्थापनको लागी उनकै १६ वर्षीया छोरीको सहयोग देखिएको छ ।

कल्पना मुडभरी(पौडेल)ले शुरुमा दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर उनले हत्या गरेकी थिइन् ।

बोहोरा मरेको यकिन गरेपछि उनि आफैंले घाँटी र खुट्टा छिनालेर शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा हालेको र पछी सडक किनारमा लगेर फालेको कल्पनाको भनाइ छ ।

प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको कल्पनाको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ खाटमुनी फेला पारेर बरामद गरेको छ ।

आइतबार हत्या गरिएका कृष्णबहादुरको शव सनाखत गर्न प्रहरीले फोटो सार्वजनिक गर्दै एक अपील गरेको थियो ।

मृतकका मामाले शवको सनाखत गरेसँगै सोमबारनै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो । सोमबार घर फेला परेपछी सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ शुरु गरिएको थियो । सोही क्रममा सोमबार बेलुकानै कल्पना र उनकी छोरीलाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको पत्ता लागेपछी दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी घुमिरहेको थियो ।

त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना भने चिनजानको एम्बुलेन्समा छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घर गैइन ।

police dog gongabu case

कृष्णबहादुर बोहोरा

प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे भने ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

बोहोरा घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएका थिए । कोठामा आएका बोहोरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी अनुसन्धानबाट थाहा भएको छ ।