२१ बैशाख २०८१, शुक्रबार

गोंगबु हत्यामा संलग्न भएको आशंकामा चितवन टाँडीबाट एक महिला पक्राउ

deadman gongabu

गोंगबुस्थित गणेशस्थानमा भएको हत्या अभियोगमा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ। चितवन टाँडीबाट शाही थरकी महिलालाई प्रहरीले पक्रेर काठमाडौं ल्याउँदै गरेको श्रोतले जनाएको छ।

मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए ।

बोहराको ज्यान र टाउको छुट्टाछुट्टै स्थानमा भेटिएको थियो । गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र खुट्टा फेला परेको थियो ।