१३ बैशाख २०८१, बिहीबार

भारतको स्पस्टीकरण : बुद्ध नेपालमै जन्मिएका हुन्, शंका छैन

india foreign minister office

भारतले गौतम बुद्ध नेपालमा जन्मिएको स्पष्टिकरण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय भएको बताएका थिए ।

‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।