२४ बैशाख २०८१, सोमबार

दुई कोरोना संक्रमित टेकु अस्पतालबाट भागेपछि तनाव

thumb.php

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुन गएका दुई जना कोरोना संक्रमित भागेका छन् ।

उपचारका लागि ल्याइएको दुई जना कोरोना संक्रमित भारतीय नागरिक सम्पर्क बिहीन भएपछि हल्लीखल्ली मच्चिएको छ।

घटना विवरणअनुसार बुधबार दिउँसै पुगेका दुई भारतीय संक्रमित भन्नेबित्तिकै शैय्या नपाएकाे भन्दै साँझपख भागेका हुन् । ‘शैय्या व्यवस्थापनको तयारी हुँदै थियो, साँझपख भागेछन्,’ अस्पतालका एक चिकित्सकले भने ।

कोरोना संक्रमणका कारण १२ दिनदेखि उपचाररत एक जना र आज पुष्टि भएका अर्का एक जना बिहीबार दिउँसो साढे चार बजेतिर अस्पतालको सम्कर्पबाहिर गएका थिए।

उनीहरू भागेको जानकारी पाएपछि अस्पालका चिकित्सक दिनभरि खोजीमा लागे । यसबारे अस्पतालले राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई पनि जानकारी गराइसकेको छ ।

नयाँ संक्रमितलाई अस्पतालले भर्ना लिनका लागि कुराएको अवस्थामा दुवै जना सम्पर्क बिहीन भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो।

‘भागेपछि उनीहरूबाट अरू धेरै जनालाई कोरोना सर्ने भएकाले यो जोखिमको विषय हो,’ एक चिकित्सकले भने ।

हराएका दुवै जनालाई महाशाखा सर्भिलेन्स शाखाले डिएसए (फोनको नक्स अनुसार व्यक्ति पत्ता लगाउने) विधिअनुसार खोजी भइरहेको एक अधिकारीले जानकारी दिएका छन् ।

ती मध्ये पुराना संक्रमित भोलि डिस्चार्ज हुनेछन् भने आज पुष्टि भएकालाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ।

अहिले साँझ दुवै संक्रमित सम्पर्कमा आएका अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए।