१२ बैशाख २०८१, बुधबार

बुटवलमा सडक मिचेर बनाइएका घरहरूमा एकबिहानै चल्यो डोजर

dojar1 pgnz

बुटवलमा सडक संरचना मिचेर बनाएका घरहरू डोजर लगाएर बुुधवार बिहानै भत्काइएको छ । बुटवल उपमहानगरपालिका कालिकापथका घरहरूमा डोजर चलेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको हो। सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर पठाएर घर भत्काएको हो ।

dojar 0582020055146 1000x0 1

उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

पटक–पटक सडकको क्षेत्राधिकार मिचेका घरहरू भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो ।

thumb 2

उक्त सडक ८२ फिट फराकिलो बनाइँदै छ । उपमहानगरले सडक मिचेका घर भत्काउन घरधनीहरूलाई साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो । म्यादभित्र कसैले पनि घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको रेग्मीले बताए । कालिकापथलाई उपमहानगरपालिकाले वैकल्पिक सडकका रूपमा विस्तार गर्ने योजना बनाएको छ ।

सडक क्षेत्रका अधिकांश घरहरू हटाएपनि केही घरधनीले अटेरी गर्दै आएका थिए । कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रूपमा विस्तार गर्ने योजना बनाएको छ । पूरानो बसपार्कदेखि भित्रि सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ । यो सडकको विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ ।  

बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न ३ वर्ष लाग्ने र झन्डै एक अर्ब खर्च हुने उल्लेख छ ।

२०५४ सालमै यो सडकलाई ८२ फीट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । 

यद्यपि केही व्यक्तिको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा विस्तार हुन सकेको थिएन । 

dojar1 pgnz